विद्यालय शिक्षा विधेयक सच्याउनुपर्छ : गगन थापा

तु खबर संवाददाता
२०८० आश्विन ७,आईतवार १८:०८
फाइल तस्बिर

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संसदमा पेश गरिएको विद्यालय शिक्षा विधेयक सच्याउनुपर्ने बताएका छन् ।

पार्टी निकट नेपाल मुस्लिम संघले आईतवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

पूर्वमन्त्री समेत रहेका महामन्त्री थापाले सो विधेयकलाई सच्याउन काँग्रेसले आफ्ना पार्टीका सांसद र नेताहरुसँग सामुहिक छलफल गर्ने बताए ।

उनले काँग्रेस संसदमा सबैभन्दा ठूलो पार्टी भएकाले नाताले उसले हरेक विधेयकलाई समृद्ध बनाउन महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताए ।

यस्तै, उनले निर्वाचन कानून सम्बन्धि विधेयक पनि केही दिन भित्रै संसदमा पेश हुने उल्लेख गर्दै त्यसलाई काँग्रेसले आवश्यकताको आधारमा संशोधन गरेर पारित गर्न नेतृत्वदायी भुमिका खेल्नुपर्ने बताए ।