मकवानपुरमा एक पुरुष मृत फेला

मकवानपुर । मकवानपुरमा आइतबार एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको थाहा नगरपालिका–४, रुप्से बस्ने ३७ वर्षीय दिनेश लामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, लामा आफ्नै घरको धुरीको बलोमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको हो ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।