अवैध रुपमा रुख काटेको आरोपमा वडाध्यक्ष पक्राउ

तु खबर संवाददाता
२०८० आश्विन ८,सोमबार ०८:३९
सांकेतिक तस्बिर

धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिकाका एक वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलौरी नगरपालिका ६ का वडाध्यक्ष भोजराज चौधरी रहेका छन् ।

उनलाई झाडी सफाइका नाममा अवैध तरिकाले रुख काटेको आरोपमा पक्राउ गरेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ ।

वन कार्यालयका अनुसार, उनमाथि भन्सार क्षेत्रमा रुख काटेर तस्करी गरेको आरोप छ । वडाध्यक्ष चौधरीलाई आइतबार महेन्द्रनगर क्षेत्रबाट पक्राउ गरेर वनको हिरासतमा राखिएको छ ।

पक्राउ परेका उनी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।