प्रचण्डविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो
काठमाडौं । सर्वोच्च अदालतमा आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा उक्त मुद्दाको सुनुवाइ सकिएको हो ।
उक्त मुद्दाको सम्बन्धमा आदेश आउन भने बाँकी छ । अदालत स्रोतका अनुसार आगामी मंसिर १८ मा निर्णय सुनाउने तयारी छ ।
प्रचण्डविरुद्धको अवहेलना मुद्दामा सात वर्षपछि सुनुवाइ भएको हो । द्वन्द्वकालीन मुद्दाका विषयमा अदालतको फैसलाबारे टिप्पणी गरेपछि अधिवक्ता दिनेश त्रिपाठीले प्रचण्डविरुद्ध १२ जेठ २०७३ मा अवहेलना मुद्दा दायर गरेका थिए ।
