राजनीति/ समाज

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण ‘वैध’ कि ‘अवैध’ ?

काठमाडौं, २० फागुन । मिर्गौला प्रत्यारोपणका लागि आवश्यक पर्ने नाता प्रमाणित प्रमाणपत्रमा उल्लेख भएअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिन तयार समीक्षा संग्रौला (ज्ञवाली) उनको भाञ्जी हुन्। तर खुुलेको सम्बन्ध अनुसार साख्खे नभई प्रधानमन्त्री ओलीका काकाको छोराकी भाञ्जी हुन् समीक्षा। समीक्षाकी आमा मुना संग्रौला प्रधानमन्त्री ओलीकी आफ्नै बहिनी नभएर...

अस्पतालबाट आयो यस्तो विज्ञप्ति, प्रधानमन्त्री ओली निगरानीमा

काठमाडौं, २० फागुन । दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुनु भएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था राम्रो भएको अस्पतालले जनाएको छ। मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले ओलीको स्वास्थ्य राम्रो भएको बताएको हो। ओली अहिले अस्पतालमा विशेषज्ञको निरन्तर निगरानीमा हुनुहुन्छ । अस्पतालका...

अर्थमन्त्री खतिवडाले दिए पदबाट राजीनामा

काठमाडौं, २० फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिनुभएको छ । अर्थमन्त्री खतिवडाले मंगलबार पदबाट राजीनामा दिनुभएको हो । उहाँको राष्ट्रियसभा सदस्यको कार्यकाल आज मध्यरातमा सकिँदैछ । त्यसअघि नै उहाँले पदबाट राजीनामा दिनुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई संविधानको धारा ७८ अनुसार पुनः अर्थमन्त्रीमा नियुक्त...

‘मुख्यमन्त्री पौडेल अल्पमतमा पर्नुभयो, अब विश्वासको मत लिनुपर्छ’

हेटौंडा, २० फागुन । साझा विवेकशील पार्टीका बागमती प्रदेश सांसद रमेश पौड्यालले मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने बताउनु भएको छ । आज मंगलबार भएको बागमती प्रदेशसभा बैठकको शुन्य समयमा बोल्दै सांसद पौड्यालले मुख्यमन्त्री पौडेल अल्पमतमा पर्नु भएको बुझिएकोले विश्वासको मत लिनुपर्ने धारणा राख्नु भएको हो । उहाँले...

हेटौंडामा मनाइयो कृष्णप्रसाद भट्टराईको स्मृति दिवस

हेटौंडा, २० फागुन । नेपाली काँग्रेस मकवानपुरले पूर्व प्रधानमन्त्री, नेपाली कांग्रेसका संस्थापक एवम् सन्त नेता कृष्णप्रसाद भट्टराईको स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । काँग्रेस मकवापुरले भट्टराईको नवौं स्मृति दिवसको अवसरमा काँग्रेसको हेटौंडास्थित पार्टी कार्यालयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । सन्त नेता भट्टराईको २०६७ साल फागुन...

बागमती प्रदेशसभामा पनि गाँजा खेतीलाई नियमन गर्ने विधेयक दर्ता

हेटौंडा, २० फागुन । बागमीती प्रदेशको प्रदेशसभामा गाँजा खेतीलाई नियमन गर्ने विधेयक दर्ता भएको छ । गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक सोमबार दर्ता भएको हो । बागमती प्रदेशसाभामा सत्तारुढ दल नेकपाका सांसद केशव स्थापितले गैरसरकारी विधेयकको रुपमा गाँजा खेतीलाई नियमन गर्ने विधेयक दर्ता गर्नु भएको हो...

गाँजाको प्रतिबन्ध खुलाउन विधेयक संसदमा दर्ता, विधेयकमा के छ ?

काठमाडौं, २० फागुन । गाँजा खेती खुलाउने विधेयक संघीय संसद्मा दर्ता भएको छ। सत्तारुढ नेकपाका सांसद शेरबहादुर तामाङले सोमबार प्रतिनिधिसभामा ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दर्ता गर्नुृ भएको छ । यो विधेयक गैरसरकारी कोटाबाट दर्ता भएको हो। औषधि तयार पार्न, वैज्ञानिक अनुसन्धान तथा यस्तै अन्य व्यवसायिक...

‘प्रधानमन्त्रीलाई दीर्घजीवनको शुभकामना, मृगौला दान गर्न ऐन संशोधनको माग’

हेटौंडा, १९ फागुन । बागमती प्रदेशका सांसदहरुले प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई मृगौला प्रत्यारोपण सफल होस भनी शुभकामना व्यक्त गर्नु भएको छ । आज सोमबार बागमती प्रदेशसभा बैठकको विशेष समयमा आफ्नो धारणा राख्दै सत्तापक्ष र प्रतिपक्ष सांसदहरुले प्रधानमन्त्रीको बुधवार हुने भनिएको मृगौला प्रत्यारोपण सफल होस...

हेटौंडामा सांसदहरुको आक्रोशः बच्चा बोकेकी महिलालाई लाठी प्रहार गर्ने प्रहरी अमर्यादित

हेटौंडा, १९ फागुन । हेटौंडास्थित बागमती प्रदेशसभा बैठकको विशेष सयममा बोल्दै सांसदहरुले ललितपुरको भैंसेपाटीमा बच्चा बोकेकी एक महिलामाथि प्रहरीले लाठी प्रहार गरेको घटनाप्रति घोर भत्र्सना जनाउनु भएको छ । महानगरीय प्रहरी प्रभाग भैंसेपाटीका इन्चार्ज एवम् प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले हातमा च्यापेर बच्चा बोकिरहनु भएकी माला साह नाम गरेकी महिलालाई...

मोदीको पशुपतिनाथसँग प्रार्थनाः ओलीको मृगौला प्रत्यारोपण सफल होस्

काठमाडौं, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण सफल होस् भनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथसँग प्रार्थना गर्नु भएको छ । उहाँले सोमबार ट्विट गर्दै ओलीलाई बुधबार हुन लागेको मिर्गौला प्रत्यारोण कार्य सफल भई छिटै स्वास्थ्यलाभ गर्न कामना गर्नु भएको छ । बुधबार मृगौला प्रत्यारोपण गर्नका लागि...