प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणको १० दिनपछि डिस्चार्ज

तु खबर संवाददाता
२०७६ फाल्गुन ३०, शुक्रबार १८:४१
फाइल तस्बिरः अस्पतालमा प्रधानमन्त्री ओली र मिर्गौला दाता समिक्षा बर्तौला ।

काठमाडौं, ३० फागुन । मिर्गौला प्रत्यारोपण गरेको १० दिनपछि प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज हुनु भएको छ ।

१९ फागुनमा अस्पताल भर्ना हुनु भएका उहाँको २१ गते त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । उहाँ शुक्रबारै बालुवाटारस्थित प्रधानमन्त्री निवासमा फर्किसक्नु भएको छ । मिर्गौला दाता ओलीका भाञ्जी समीक्षा संग्रौला भने बुधबार नै डिस्चार्ज भइसक्नु भएको छ ।

प्रधानमन्त्री डिस्चार्ज हुनुअघि उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल पुग्नु भएको थियो ।

चिकित्सकहरुले प्रधानमन्त्री ओलीलाई आराम गर्न र रुघाखोकी तथा संक्रमण भएका व्यक्तिबाट टाढा रहन सल्लाह दिनु भएको छ । अस्पतालले प्रधानमन्त्री ओलीलाई पूर्ण स्वास्थ्य लाभपछि डिस्चार्ज गरिएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*