नेकपा हेटौंडा–५ दक्षिणकाली टोल भेला सम्पन्न

तु खबर संवाददाता
२०७६ चैत्र २, आईतवार १२:४५

हेटौंडा, २ चैत्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ५ नं. वडा कमिटी, हेटौंडा उपमहानगरपालिकाको अभियानअन्तर्गत दक्षिणकाली टोल भेला सम्पन्न भएको छ ।

भेला टोल इन्चार्ज राधाकृष्ण पुडासैनीको अध्यक्षता तथा नेकपा नगर सचिवालय सदस्य जानकी चौधरीको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा बोल्दै नेकपा नगर सदस्य एवम् वडा ईन्चार्ज सन्तोष पौडेल ५ नं वडामा पार्टी र जनताको सम्बन्ध, विकास निर्माणको नेतृत्व तथा नेकपाको वैचारिक राजनीतिक आधारको बारेमा प्रष्ट पार्नुभयो ।

नेकपा नगर कमिटिको सर्कुलर अनुसार वडाव्यापी कार्यक्रमहरु संचालन भईरहेकोमा हालसम्म १३ वडा कमिटी गठन गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रमा नेकपा नगर सदस्य एवम् ५ नं वडा इन्चार्ज सन्तोष पौडेल, बुद्धिजीवि तथा नेकपा नेता सम्राट तुम्बाहाम्फे, अनेरास्ववियु केन्द्रीय सदस्य किशोर टण्डन, नगर सदस्यहरुको उपस्थिति रहेको थियो ।

साथै भेलाले शारदा अधिकारी सुवेदीको अध्यक्षतामा २१ सदस्यीय टोल कमिटि गठन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*