प्रधानमन्त्री ओलीको डिस्चार्ज आज
काठमाडौँ, ३० फागुन । प्रधामन्त्री केपी शर्मा ओलीलाई अस्पतालबाट शुक्रबार (आज) डिज्चार्ज गरिने भएको छ ।
त्रिवि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गरि भर्ना हुनुभएका उहाँलाई स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि आज साँझ डिस्चार्ज गर्न लागिएको हो ।
प्रधानमन्त्री ओलीको गत फागुन १९ गते अस्पताल भर्ना भई २१ गते मृगौला प्रत्यारोपण गरिएको थियो । उहाँलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मृगौला दिनुभएको थियो ।
