राजनीति/ समाज

मकवानपुरको सीमानामा पुगेर माधव नेपालको जन्मदिन !

काठमाडौं, २५ फागुन । मकवानपुर र काठमाडौंको सीमानामा पुगेर नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जन्मदिन मनाउनु भएको छ । शुक्रबार काठमाडौं र मकवानपुरको सिमानामा रहेको चन्द्रागिरीमा नेता नेपालले केक काटेर आफ्नो ६८ औं जन्मदिन मनाउनु भएको हो । चन्द्रागिरी मकवानपुरको उत्तरी पर्यटकीय क्षेत्रसँग जोडिएको छ । नेकपाका...

मुख्यमन्त्री डोरमणि पौडेलको अर्कमण्यता, खतरामा पार्टी र संघीयता

विवेकशील पार्टीका सांसद तथा नेता रमेश पौड्यालले केही दिनअघि बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेललाई विश्वासको मत लिन सुझाव दिनु भयो । सत्तारुढ नेकपाकै प्रचण्ड बहुमत रहेको बागमती प्रदेश सरकारले दुई वर्ष पूरा गर्दासम्म पनि आफ्नै पार्टीका सांसद र नेताहरुको विश्वास गुमाउँदै गएको र मुख्यमन्त्रीको सरकार संसदमा अल्पमतमा रहेको...

बालुवाटार जग्गा प्रकरणः गच्छदारसहित आरोपपत्र दायर भएका ७४ जनाविरुद्द १५ दिने म्याद जारी

काठमाडौँ, २३ फागुन । विशेष अदालत काठमाडौंले बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेकामध्ये ७४ जनालाई अदालतमा उपस्थित हुन १५ दिने म्याद जारी गरेको छ । अदालतले शुक्रबार ७४ जनाको नाममा १५ दिने म्याद जारी गरेको अदालतका उपरजिष्ट्रार प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिनुभयो । म्याद जारी...

नेकपा मजदुरका पूर्वकेन्द्रीय सदस्य आचार्य नेपाली काँग्रेसमा प्रवेश

हेटौंडा, २३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट मजदुर संगठनका पूर्वकेन्द्रीय सदस्य बद्रीप्रसाद आचार्यसहित चार जना नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ । शुक्रबार नेपाली काँग्रेसको पार्टी कार्यालयमा भएको भेटघाट कार्यक्रममा आचार्यसहित नेकपाका चार नेता नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको हो । नेपाली काँग्रेस पार्टीमा प्रवेश गर्नुहुनेमा नेकपाका किरण लामा...

प्रतिनिधिसभा बैठकः काँग्रेस सांसदले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं, २२ फागुन । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद तेजुलाल चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्नुभएको छ । सांसद चौधरीले शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्नुहुँदै भ्रष्टाचारीलाई काम कारबाही गर्न नसकेका कारण प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्नुभएको हो । ‘प्रधानमन्त्रीज्यू शरीरको अंग भएर पनि काम नलाग्ने भएपछि...

हेटौंडा सिमेन्टको खाली जग्गामा प्रदेश सरकारको संरचना

हेटौंडा, २२ फागुन । बागमती प्रदेश सरकारले प्रदेश सरकारको संरचना हेटौंडा सिमेन्टको खाली जग्गामा निर्माण गर्ने तयारी गरेको छ । आज बिहीवार बसेको प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले प्रदेशका संरचना निर्माणका लागि हेटौंडा सिमेन्ट उद्योगको खाली रहेको जग्गा उपलब्ध गराइदिन नेपाल सरकारलाई आग्रह गर्ने निर्णय भएको सरकारका प्रवक्ता आर्थिक मामिला...

कर्मचारी सरुवा गर्ने माग नल्याउनुस्, म स्वीकार गर्दिनः मन्त्री दुलाल

हेटौंडा, २२ फागुन । बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले कर्मचारीहरुले सुरुवामा माग नउठाउन आग्रह गर्नु भएको छ । उहाँले कर्मचारी सरुवाको माग अब संबोधन नहुने भन्दै यस्तो माग अगाडि नसार्न निजामती कर्मचारीहरुलाई आग्रह गर्नुभयो । आज बिहीवार हेटौंडामा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती बागमती प्रदेशद्धारा आयोजित संगठन...

कोरोनाभाइरस न्यूनिकरण गर्न हात नमिलाउने बागमती प्रदेशको निर्णय

हेटौंडा, २२ फागुन । बागमती प्रदेश सरकारले नोभेल कोरोना भाइरसको संक्रमण न्यूनिकरण गर्न हात नमिलाउने निर्णय गरेको छ । बिहिबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो । बैठकले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने निर्णय समेत गरेको छ...

मेरो काम लगानीकर्तालाई लगानी गर्ने अवसरसम्म पुर्‍याइदिने हो, बाँकी लगानीकर्ताको जिम्मा- अर्थमन्त्री खतिवडा

काठमाडौँ, २२ फागुन । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले सेयर बजारको उतारचढावलाई व्यक्ति विशेषसँग जोडेर हेर्न नमिल्ने बताउनुभएको छ । मन्त्रिपरिषद्का निर्णयहरु सुनाउन आयोजित पत्रकार सम्मेनलमा बोल्दै मन्त्री खतिवडाले आफ्‍नो काम लगानीकर्तालाई लगानी गर्ने अवसरसम्म पुर्‍याइदिने र बाँकी लगानीकर्ताहरुको जिम्मा भएको बताउनुभयो । कम्पनीको विविध पक्षलाई...

आइसियुमा जान नमिलेपछि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न भीड लाग्यो

काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पतालको आइसियुमा राखेर सघन उपचार भइरहेको छ। देशकै प्रधानमन्त्री अस्पतालको शैय्यामा भएपछि उहाँको स्वास्थ्य अवस्था बुझ्न शिक्षण अस्पताल महराजगन्जमा शुभेच्छुकको भीड लागेको छ। प्रधानमन्त्री ओली सोमबार साँझ अस्पताल भर्ना भएदेखि नै शुभेच्छुक उहाँको स्वास्थ्य अवस्था बुझ्न...