राजनीति/ समाज
माइकल रामचन्द्र अर्यालको स्मरणमा : २०३६ साल वैशाख १४ गतेको त्यो दिन
मकवानपुर । माइकल रामचन्द्र अर्याल, यो नाम मकवानपुरमा मात्र होइन, लामो राजनीतिक जीवन भएकाहरुबीच अन्यत्र पनि चर्चित नाम हो । राजनीतिक रुपमा लामो यात्राका एक यात्री हुन् माइकल । उनको जीवन संघर्षमय छ । झन् आजको दिन त उनको जीवनको शायद सबैभन्दा महत्वपूर्ण दिन हो भन्दा अन्यथा नहोला ।...
सांसद ‘अपहरण’ हुँदाहुँदै जब एसपीले मन्त्रीसँग बोले झूट, भिडियो हेर्दा सबै पर्दाफास !
समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य डा। सुरेन्द्र यादवलाई काठमाडौं लिएर गएका सांसद महेश बस्नेत, पूर्व आईजीपी सर्वेन्द्र खनाल सहितको टोलीलाई बाँस बस्नका लागि महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले नै होटलको कोठा बूक गरेको तथा होटेलको भुक्तानी गरेको खुलेको छ । सांसदलाई झुक्याएर काठमाडौं पुर्याइएको भन्दै ‘अपहरण’को परिभाषाभित्र आउने चर्चा भइरहेको छ...
राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश खारेज
काठमाडौं । सरकारले यही बैशाख ८ गते ल्याएका दुई वटै अध्यादेश खारेज भएका छन् । शु्क्रबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश खारेज गरेकी हुन् । सरकारले राजनीति दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश जारी गरेको थियो । जारी गरेको अध्यादेश विवादास्पदमा आएपछि शुक्रबार बसेको मन्त्रीमरिषद्...
प्रधानमन्त्रीमाथि गम्भीर प्रश्नः नैतिकता खोइ ?
सत्तारुढ दलका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको नैतिकतामाथि प्रश्न उठाएका छन् । शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विवादित दुई अध्यादेश फिर्ता लिने निर्णय गरेपछि सांसद विष्णु रिजाल र रामकुमारी झाँक्रीले प्रधानमन्त्री ओलीमाथि प्रश्न उठाएका हुन् । यही बैशाख ८ गतेको मन्त्रिपरिषद्ले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश जारी...
विप्लव नेता हेटौँडाका नयनलाई प्रहरीले नछोड्ने, आज फेरी म्याद थपिँदै
रौतहट । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका बारा जिल्ला इन्चार्ज इन्द्र बहादुर परियार नयनलाई म्याद थप गर्ने तयारी भएको इलाका प्रहरी कार्यालय चपुरले बताएको छ । तु खबरसंग कुराकानी गर्दै प्रहरी निरीक्षक राजन थापाले म्याद थप गर्न परियारलाई जिल्ला प्रशासन कार्यालय रौतहट लैजान लागिएको जानकारी दिए । नयनलाई...
खनालले हिजो ल्याए, कोइराला भोलि काठमाडौँ जाने
मकवानपुर । बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले कारोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनमा काठमाडौँमा अलपत्र परेका मकवानपुरेहरुलाई हिजो बकैया ल्याएका छन् । यात्रुबाहक बस काठमाडौँ पठाएर खनालले अलपत्रहरुको उद्दार गरेका हुन् । खनालले ११ वटा यात्रुबाहक बसमा अलपत्र परेकाहरुलाई उद्दार गरि ल्याएका हुन् । त्यसैगरी, हेटौंडा...
यस्तो छ – विप्लव नेता हेटौंडाका नयन पक्राउको रामकहानी
बारा । विप्लवका जिल्ला इन्चार्ज इन्द्रबहादुर परियार नयन अहिले इलाका प्रहरी कार्यालय चपुरको हिरासतमा छन् । लकडाउन उलंघन गरी प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा नयनलाई अनुसन्धान गर्न म्याद लिई आफ्नो हिरासतमा राखिएको चपुर प्रहरीले बताएको छ । फागुनको २४ गते बाराको जितपुरबाट पक्राउ परेका नयन बैशाख ८ गते मात्र...
विप्लव नेता हेटौँडाका नयन अदालतको आदेशमा रिहा भएपनि, झुटो मुद्धा लगाएर फेरि पक्राउ
रौतहट । विप्लवका नेता इन्द्रबहादुर परियार नयनलाई प्रहरीले पुनः पक्राउ गरी अपहरणको शैलीमा रौतहट ल्याइपुर्याएको छ । बारा प्रहरीले अपराधिक उपद्रवमा मुद्धा पेश गरेपछि वैशाख ०८ गते जिल्ला अदालत बाराले ६० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेश अनुसार, सोही दिन रिहा हुनुपर्ने नयनलाई पुनः बारा...
समाजबादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता, हेर्नुहोस् सहमति पत्र
मकवानपुर ११ बैशाख । समाजबादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भएको छ । एकता पछि बनेको नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राख्ने सहमति भएको छ । हिजो बुधबार राती पार्टी एकता गर्ने सहमति भएको हो । हेर्नुहोस् सहमति पत्र
प्रधानमन्त्री ओलीको आदेशमा पूर्व स्वास्थ्य राज्यमन्त्री अपहरण गरिएको दाबी
काठमाडौँ १० बैशाख । समाजवादी पार्टीका सूचना तथा प्रचार विभाग उपप्रमुख विश्वदिप पाण्डेले पूर्व स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई अपहरण गरिएको दाबी गरेका छन् । पाण्डेले आज बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले यादवलाई अपहरण गरेको दाबी गरेका छन् । उनले...








