खनालले हिजो ल्याए, कोइराला भोलि काठमाडौँ जाने

तु खबर संवाददाता
२०७७ बैशाख ११, बिहीबार २०:२१

मकवानपुर । बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले कारोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनमा काठमाडौँमा अलपत्र परेका मकवानपुरेहरुलाई हिजो बकैया ल्याएका छन् ।

यात्रुबाहक बस काठमाडौँ पठाएर खनालले अलपत्रहरुको उद्दार गरेका हुन् । खनालले ११ वटा यात्रुबाहक बसमा अलपत्र परेकाहरुलाई उद्दार गरि ल्याएका हुन् ।

त्यसैगरी, हेटौंडा उपमहानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष रामकृष्ण कोइराला भोलि २ वटा बस र एउटा स्कारपियो गाडी लिएर राजधानी काठमाडौँ जाने भएका छन् ।

काठमाडौंमा अलपत्र परेका मकवानपुरेहरुको उद्दारका लागि कोइरालाले यस्तो तयारी गरेका हुन् । कोइरालाले यस अघि पनि राजधानी काठमाडौँबाट अलपत्र व्यक्तिहरुको उद्दार गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*