राजनीति/ समाज
नेकपा सचिवालयको बैठक सर्यो
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकको समय सरेको छ । शनिबार (आज) ४ बजे बस्ने भनिएको बैठक डेढ घण्टा पर सरेर ५ बजेर ३० मिनेटका लागि बोलाइएको छ । आजको बैठकमा नेकपा विवादबारे छलफल गरिने बुझिएको छ । अहिले नेकपाभित्र शक्ति बाँडफाँडको विषय चरम उत्कर्षमा पुगेको...
मजदुर दिवसमा प्रधानमन्त्रीको आरोपः मिडिया र सामाजिक सञ्जालले अस्थिरताको पक्ष लिए
दुई विवादास्पद अध्यादेशपछि दबाबमा आएका प्रधानमन्त्री केपी ओलीले आफूविरुद्ध घेराबन्दी भएको र देशमा राजनीतिक अस्थिरता मच्चाउन खोजिएको अभिव्यक्ति दिँदै आएका छन् । शृंखलाबद्ध रूपमा प्रधानमन्त्री ओलीका त्यस्ता अभिव्यक्ति यस्तो वेला सार्वजनिक भइरहेको छ, जुनवेला नेकपाभित्रको लामो समयदेखिको अन्तरविरोध अध्यादेश प्रकरणसँगै नयाँ मोडमा पुगेको छ र पार्टीभित्र बलियो समूहले उनको प्रधानमन्त्री...
श्रमिकलाई राहतको व्यवस्था गर्न सभापति देउवाको सरकारसँग माग
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले श्रमिकलाई राहत व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । सभापति देउवाले लकडाउनका कारण श्रमिकले कष्टकर स्थिति भोगिरहेकाले अभिलम्व राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् । सभापति देउवाले शुक्रबार १३१ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै लकडाउनका बेला...
वामदेवले बिर्सन नहुने ६ धोका
बुधबार बेलुकी सम्पन्न नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव थियो, कोरोना भाइरस निर्मूल भएपछि प्रधानमन्त्री वामदेव,पार्टीको तेस्रो अध्यक्ष माधव नेपाल । विशेषतः वामदेव कार्डको प्रयोग विषयबस्तुको विश्रामका निम्ति प्रयोग हुने, तत्कालिन समस्याले एक किसिमको निकास पाउने र बचन पूरा नहुने क्रम विगतका विभिन्न घटनाक्रममा...
संविधानविद्हरु भन्छन् – वामदेवलाई प्रधानमन्त्री बनाउन संभव छैन
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र शक्ति बाँडफाँडको विषयमा भएको विवाद उत्कर्षमा पुगेपछि बुधबार बालुवाटारमा नेकपाको सचिवालय बैठक बस्यो । प्रधानमन्त्री केपी शर्मा ओली सचिवालयमा अल्पमतमा परेका छन् । उनी आफ्नो पक्षमा बहुसंख्यक सदस्यहरु बनाउने तयारी गरिरहेका छन् । प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री...
असंगठित मजदुरलाई राहतको सट्टा रोजगारी
सरकारले असंगठित मजदुरलाई राहतको सट्टा रोजगारी दिने कार्यक्रम ल्याएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई सार्वजनिक निर्माणका काममा लगाउने निर्णय गरेको हो । सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाका अनुसार कामविहीन भएका मजदुरलाई स्थानीय तह, प्रदेश र संघले सार्वजनिक निर्माणका काममा लगाउनेछन् । त्यसबापत स्थानीय तहले दैनिक ज्याला निर्धारण गर्नेछ । काममा...
सांसद यादवले दिए मानव अधिकार आयोगमा उजुरी
काठमाडौं । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई ‘अपहरण’ गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । डा. यादवले आफु अपहरण गरेको भन्दै नेकपा सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध मानव अधिकार आयोगमा उजुरी दिएका हुन् । डा. यादवले बुधबार...
रामचन्द्र पौडेललाई जापान सरकारको उच्च सम्मान
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले उच्च सम्मान गर्ने निर्णय गरेको छ । काठमाडौंस्थित जापानी राजदूतावासले एक प्रेस विज्ञप्ति जारी गर्दै पौडेललाई उच्च विभूषण ‘ग्रान्ड कोर्डन अफ दी अर्डर अफ दी राइजिङ सन’ प्रदान गर्ने निर्णय गरेको हो । जापानी सम्राटले सन् १८७५ मा स्थापना...
प्रधानमन्त्री बनाउने प्रस्ताव आएपछि वामदेवले भने – मलाई त सपना जस्तै लागिरहेको छ
काठमाडौँ । नेकपाभित्र शक्ति बाँडफाँडको विवाद उत्कर्षमा पुगेको छ । नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली ९ सदस्यीय सचिवालयमा अल्पमतमा परेका छन् । आफु विरुद्ध एकजुट भएका बहुसंख्यक सदस्यहरुलाई विभाजित गर्ने मनसाय राखेर बुधबारको सचिवालय बैठकमा ओलीले नौलो प्रस्ताव ल्याए, जसको कारण सबै चकित भए । बैठकमा प्रधाानमन्त्री...
सचिवालय बैठकमै प्रधानमन्त्री ओलीको राजीनामा माग
काठमाडौँ । अध्यादेश विवादका कारण शक्ति संघर्ष चुलिइरहेका बेला असन्तुष्ट नेताहरूले नेकपा सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । केही दिनको आन्तरिक कसरतपछि बुधबार बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतमसहितका नेताहरूले राजीनामा मागेका हुन् । प्रधानमन्त्री ओलीले भने आफ्नो...








