प्रधानमन्त्री बनाउने प्रस्ताव आएपछि वामदेवले भने – मलाई त सपना जस्तै लागिरहेको छ
काठमाडौँ । नेकपाभित्र शक्ति बाँडफाँडको विवाद उत्कर्षमा पुगेको छ । नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली ९ सदस्यीय सचिवालयमा अल्पमतमा परेका छन् ।
आफु विरुद्ध एकजुट भएका बहुसंख्यक सदस्यहरुलाई विभाजित गर्ने मनसाय राखेर बुधबारको सचिवालय बैठकमा ओलीले नौलो प्रस्ताव ल्याए, जसको कारण सबै चकित भए ।
बैठकमा प्रधाानमन्त्री ओलीले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र माधव नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने प्रस्ताव ल्याए ।
हिजोको बैठकमा प्रधानमन्त्री ओली लामो समय बोलेनन् । अन्य बैठकहरुमा लामो समयसम्म बोल्न रुचाउँने ओली हिजो भने आफु नबोली अर्का अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डलाई बोल्न दिए ।
प्रचण्डले ओली पार्टी एकता विरोधी गतिविधिमा लाग्ने, आफ्ना मानिसहरु भेला गराउँदै हिड्ने, पार्टी फुटाउने नियत राख्ने भन्दै आरोप लगाए ।
सरकारले यसपालि ल्याएको राजनीतिक दल विभाजनसम्बन्धि अध्यादेश पनि पार्टी फुटाउनकै लागि भएको प्रचण्डले आरोप लगाए ।
प्रचण्डको भनाईपश्चात प्रधानमन्त्री ओलीले अरु कसैलाई बोल्न दिएनन् । उनले सिधै भने वामदेव गौतमलाई प्रधानमन्त्री बनाउँ । कोरोनाको महामारी सकिनासाथ म राजिनामा दिन्छु, वामदेव जी लाई प्रधानमन्त्री बनाउँ – उनले भने ।
माधव कमरेडलाई पनि मानमर्यादा पुगेन भन्ने छ – उहाँलाई पार्टीको तस्रो अध्यक्ष बनाउँ उनले थपे ।
तर माधव नेपाल र झलनाथ खनालले भने प्रधानमन्त्री ओलीमा अहंकार भएको आरोप लगाए ।
वामदेवले भने आफुलाई प्रधानमन्त्री बनाउने प्रस्थाव आएकोमा सपना जस्तै लागेको बताए ।
