राजनीति/ समाज
लकडाउन ७ दिन थप्ने तयारी
काठमाडौ,२४ चैत । सरकारले लकडाउनको समय ७ दिन थप्ने तयारी गरेको छ । कोरोना भाइरस सम्बन्धि उच्च स्तरीय समितिले लकडाउनको समय थप गर्न मन्त्रीपरिषद् समक्ष सिफारिस गरेको छ । आज बस्ने मन्त्री परिषद बैठकले लकडाउनको समय थप गर्नेछ । यस अघि सरकारले थप गरेको ८ दिनको समय २६ गते...
मकवानपुरको मनहरी गाउँपालिकाको सक्रियता : वडा वडामा लगत संकलन कार्य तीव्र
मकवानपुर, १८ चैत । मनहरी गाउँपालिकाले लकडाउनको समयमा वडाभित्र कोही पनि भोकै बस्नु नपर्ने गरी कार्ययोजना बनाएर तयारी थालेको छ । पहिलो चरणमा वडाभित्र कसको अवस्था के छ भनी लगत संकलनको काम भइरहेको छ । वडा अध्यक्षको संयोजकत्वमा सबै पार्टीका प्रतिनिधि र प्रहरी सम्मिलित टोली बनाएर लगत संकलनको काम...
नेता बानियाँको आग्रह – लकडाउनको समय थपौँ, मजदुरी गरेर खानेलाई राहत उपलब्ध गराऔँ
मकवानपुर, १६ चैत । बागमती प्रदेश नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले लकडाउनको अवधि कम्तीमा पनि एक साता थप्न आग्रह गर्नुृभएको छ । विश्वनै कोरोनासँग लडिरहेको र सबै परिस्थिति हेर्दा लकडाउनको अवधि थप्नुपर्ने कुरामा उहाँको जोड छ । साथै नेता बानियाँले लकडाउनको अवधिमा अति आवश्यक बस्तुहरुको आपूर्ति व्यवस्था...
सबै फूललाई फुल्ने र फक्रने वातावरण तयार गर्छौः प्रधानमन्त्री ओली
५५ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज एक सन्देश दिँदै उनले सबै प्रकारका विभेद विरुद्धको आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने ज्ञात, अज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् । प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, ‘नेपालको एकीकरणलगायत राजनीतिक परिवर्तनका लागि भएका हरेक प्रजातान्त्रिक आन्दोलनमा नेपाली दलितले निभाएको बलिदानीपूर्ण...
प्रधानमन्त्रीले जनतालाई सम्बोधन गर्दै
काठमाडौं, ७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ जनतालाई सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीले साँझ रेडियो नेपाल र नेपाल टेलिभिजनमार्फत जनतालाई सम्बोधन गर्नुहुने भएको परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले जानकारी दिनुभयो । प्रधानमन्त्रीको सम्बोधनलगत्तै उपप्रधानमन्त्री ईश्वर पोखरेलले उच्चस्तरीय समिति बैठक राखेर थप निर्णय गर्नुहुने भएको...
हेटौंडामा यसरी मनाइयो गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस
हेटौंडा, ७ चैत्र । नेपाली कांग्रेस मकवानपुरले शुक्रबार काँग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको १० औं स्मृति दिवस बिविध कार्यक्रम गरी मनाएको छ । कांग्रेस मकवानपुर कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको स्मृतिसभा कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा भएको हो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका स्वर्गीय कोइराला नेपाली राजनीतिका शीर्ष व्यक्तित्व एवं...
हेटौंडाको चार स्थानमा ५ सय शैड्ढयाको क्वारेन्टाइन कक्ष निर्माण गर्ने
मकवानपुर, ७ चैत्र । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका शंकास्पद बिरामीको निगरानी तथा व्यवस्थापनका लागि बागमती प्रदेश सरकारले प्रदेश राजधानी हेटौंडाको चार स्थानमा ५ सय शैड्ढयाको क्वारेन्टाइन कक्ष निर्माण गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २४ बुँदे निर्णय गर्दै हेटौंडा उपमहानगरपालिका–११ स्थित हेटौंडा एकेडेमीमा २ सय शैड्ढया, हेटौंडा–१० स्थित...
नेकपा बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा केशवराज पाण्डे
हेटौँडा ६, चैत्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सांसद केशवराज पाण्डे नियुक्त हुनुभएको छ । रामेश्वर फुँयाल भौतिक पूर्वाधारमन्त्री हुनुभएपछि रिक्त रहेको उक्त पदमा पाण्डे नियुक्त हुनुभएको हो । उहाँलाई नेकपा बागमती प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले प्रमुख सचेतकमा नियुक्त...
बागमती प्रदेशसभा बैठकमा दुई वटा विधेयक पारित
हेटौंडा, ६ चैत्र । बागमती प्रदेशसभाको आज (बिहिबार) बसेको बैठकले दुई वटा विधेयक पारित गरेको छ । बैठकले स्थानीय तहका पदाधिकारी, सस्दयहरुको सेवासुविधको संशोधन गर्न बनेको विधेयक २०७६ र प्रदेशमा युवा परिषद् गठनको व्यवस्था गर्न बनेको विधेयक २०७६ लाई सर्वसहमतिबाट पारित गरेको हो । उक्त बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलको...
बागमती प्रदेशसभाको पाँचौं अधिवेशन अन्त्य
हेटौंडा, ६ चैत्र । बागमती प्रदेशसभाको चालु पाँचौ अधिवेशन अन्त्य भएको छ । बिहिबार प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले नेपालको संविधानको धारा १८३ को उपधारा २ को अधिकार प्रयोग गरि आज राति १२ बजेदेखि लागु हुने गरी अधिवेशन अन्त्य गर्नुभएको हो । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बिहान...










