राजनीति/ समाज
नेकपा सचिवालय बैठक आज बस्दै
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक आज बुधबार बस्ने भएको छ । सचिवालय बैठक आज साँझ ५ बजेपछि प्रधानमन्त्रीको सरकारी निकास बालुवाटारमा बस्ने भएको हो । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपि शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच मंगलबार भएको वार्तापछि सचिवालयको बैठक बुधबार...
टिप्पणी : बागमती प्रदेशका मुख्यमन्त्री पौडेलको बर्हिगमन मात्रै अहिलेको समस्याको समाधान हो ?
मकवानपुर । नेपालको राजनीति अहिले निकै गर्माएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको हठले यतिबेलाको राजनीति तरल बनेको हो । नेपाली जनता कोरोनाको त्रासमा बाँचिरहेका बेला सरकारको नेतृत्व गरेका ओली मण्डलीले जनतालाई राहत र सान्तवना दिनुपर्नेमा फोहोरी राजनीतिको चक्रब्यूह बनाउन थालेपछि राजनीतिमा ध्रवीकरण बढेको छ । पहिलेदेखिकै अलिअलि टकराव...
नेकपा विवादः सचिवालयको एजेन्डा नै ‘स्थायी कमिटी बैठक’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ बालुवाटारमा आफू निकटका सांसदहरूसँग अति लचक भएर अध्यादेश फिर्ता गर्दा पनि नैतिकताको कुरा उठाउँदै राजीनामा मागेर षड्यन्त्र गरिएको गुनासो सुनाए । ‘मेरो भेटघाटको ७० प्रतिशत समय यिनीहरू (नेकपा सचिवालयका नेता) को गुनासो सुन्न र चित्त बुझाउनमै गयो, १० थरी कुरा गरेर...
यस्तो छ प्रधानमन्त्री ओलीको रणनीति
काठमाडौं । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष केपी शर्मा ओली संसदको अंक गणितमा जुटेका छन् । पार्टी कमिटीको सचिवालय र स्थायी समितिमा बहुमत गुमाएका ओली असन्तुष्ट पक्षको माग अनुसार अध्यक्ष र प्रधानमन्त्री कुनैपनि पद नछाड्ने बरु संसदीय दलमा आफ्नो बहुमतसिद्ध गर्ने...
नेकपा सचिवालयको बैठक बुधबार बस्ने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोली बैशाख १७ गते बुधबार बस्ने भएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच मंगलबार भएको भेटवार्ताले नेकपा सचिवालयको बैठक बुधबार बस्ने निर्णय गरेको हो । यसअघि सोमबार कोटेश्वरमा माधवकुमार...
मझधारमा माधव नेपाल
काठमाडौँ । तत्कालीन एमालेमा लगातार १५ वर्षसम्म नेतृत्व सम्हालेका नेता माधवकुमार नेपालको घरमा नेकपा एकीकरण हुनुअघिसम्म एकदम धेरै चहलपहल थियो । सबैतिरका नेताको आउजाउ बाक्लो हुन्थ्यो । जब एमाले र माओवादी मिलेर नेकपा बन्यो, कोटेश्वरमा नेपाल सम्झिएर जाने नेताहरूको संख्या ओरालो लाग्यो । अझ केपी शर्मा ओली पक्षका त...
ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने नेपाल समुहको प्रस्ताव
नेकपाभित्र उत्कर्षमा पुगेको विवाद समाधान गर्न नेताहरूले वार्ता तीव्र बनाएका छन् । चरणबद्ध रूपमा भएका वार्तामा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने प्रस्ताव गरेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । ओली समूहले भने मन्त्रिपरिषद् पुनर्गठन र मुख्यमन्त्री हेरफेर गरेर सहमति...
माइकल रामचन्द्र अर्यालको स्मरणमा : २०३६ साल वैशाख १४ गतेको त्यो दिन
मकवानपुर । माइकल रामचन्द्र अर्याल, यो नाम मकवानपुरमा मात्र होइन, लामो राजनीतिक जीवन भएकाहरुबीच अन्यत्र पनि चर्चित नाम हो । राजनीतिक रुपमा लामो यात्राका एक यात्री हुन् माइकल । उनको जीवन संघर्षमय छ । झन् आजको दिन त उनको जीवनको शायद सबैभन्दा महत्वपूर्ण दिन हो भन्दा अन्यथा नहोला ।...
सांसद ‘अपहरण’ हुँदाहुँदै जब एसपीले मन्त्रीसँग बोले झूट, भिडियो हेर्दा सबै पर्दाफास !
समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य डा। सुरेन्द्र यादवलाई काठमाडौं लिएर गएका सांसद महेश बस्नेत, पूर्व आईजीपी सर्वेन्द्र खनाल सहितको टोलीलाई बाँस बस्नका लागि महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले नै होटलको कोठा बूक गरेको तथा होटेलको भुक्तानी गरेको खुलेको छ । सांसदलाई झुक्याएर काठमाडौं पुर्याइएको भन्दै ‘अपहरण’को परिभाषाभित्र आउने चर्चा भइरहेको छ...
राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश खारेज
काठमाडौं । सरकारले यही बैशाख ८ गते ल्याएका दुई वटै अध्यादेश खारेज भएका छन् । शु्क्रबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश खारेज गरेकी हुन् । सरकारले राजनीति दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश जारी गरेको थियो । जारी गरेको अध्यादेश विवादास्पदमा आएपछि शुक्रबार बसेको मन्त्रीमरिषद्...









