राजनीति/ समाज
लकडाउन जेठ २० सम्म लम्बियो
काठमाडौ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि जेठको २० गतेसम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ । केही बेर अघि सम्पन्न मन्त्रीपरिषद बैठकले लकडाउन जेठ २० सम्म जारी राख्ने निर्णय गरेको हो । गत चैत ११ गतेदेखि सरकारले कोरोना नियन्त्रणका लागि नेपालमा लकडाउन गर्ने निर्णय गरेको थियो ।...
भारतले अतिक्रमण गरेको भू–भाग समेटेर नेपालको नयाँ नक्सा तयार
काठमाडौं । सरकारले भारतले अतिक्रमण गरेको भू–भाग समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने भएको छ । भूमि व्यवस्थामन्त्री पदमा अर्यालले अबको मन्त्रिपरिषदमा नयाँ नक्सासहितको प्रस्ताव लैजाने तयारी गरेकी छन् । यसअघि भारतसँग वार्ताबाट सिमा विवादको समाधान हुने अपेक्षामा नक्सा जारी गर्न रोकिएको थियो । तर, भारतले...
लिम्पियाधुरासहितको नक्सा जारी गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गर्ने प्रतिबद्धता जनाएका छन् । शुक्रबार बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा उनले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी गर्ने प्रतिबद्धता जनाएका हुन् । बैठकमा भारतले नेपाली भूमिमा मनपरी गरिराख्ने तर नेपालचाहिँ चुप लागेर बसिराख्ने ?...
गरिबीका कारण कोही पनि भोकले मर्दैनः राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अब नेपालमा गरिबीको कारणले कोही पनि भोकले नमर्ने बताएकी छिन् । राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा नेपालमा कोही पनि भोकै नपर्ने र कोही पनि भोकले नमर्ने बताएकी हुन् । उनले श्रम गर्न नसक्ने अपांग तथा अशक्त नागरिकलाई सामाजिक संरक्षणको व्यवस्था...
सातै प्रदेशमा सरुवा रोग अस्पताल निर्माण हुने
काठमाडौं । सरकारले सातै वटा प्रदेशमा सरुवा रोग अस्पताल निर्माण गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमबारे जानकारी दिँदै सबै प्रदेशमा सरुवा रोग अस्पताल निर्माण गर्ने जानकारी दिएकी हुन् । त्यस्तै उनले संघमा ३०० बेर्डको सरुवा रोग अस्पताल निर्माण गरिने पनि...
अपरान्ह ४ बजे सर्वदलीय बैठक बस्दै
काठमाडौं । सरकारले बुधबार सर्वदलीय बैठक बोलाएको छ । बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बोलाएको प्रधानमन्त्रीको सचिवालये जनाएको छ । उक्त बैठकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा सीमा समस्या समाधानका विषयमा छलफल हुने भएको छ ।
नेकपा स्थायी कमिटी बैठक फेरी स्थगित
काठमाडौं । नेकपा स्थायी कमिटी बैठक फेरि पनि स्थगित भएको छ । बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित भएको हो । भीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई नै कोरोना देखिएको र सांसदबाहेक अरु नेताको परीक्षण नगरिएको भन्दै बैठक स्थगित गरिएको नेकपा स्रोतले जनाएको छ । मंगलबार साँझ भक्तपुरमा...
आज नेकपा स्थायी कमिटी बैठक बस्दै, सीमा विवाद र नीति तथा कार्यक्रमबारे छलफल हुने
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी कार्यालय धुम्बारीमा बस्ने भएको हो । उक्त बैठकलमा सरकारको नीति तथा कार्यक्रम र भारतले अतिक्रमण गरेको नेपाली भूमिबारे छलफल गर्ने एजेण्डा छ । यसअघि २५ गते बस्ने भनिएको स्थायी कमिटी...
विप्लव नेतृत्वको नेकपाद्वारा मोदीको पुत्ला दहन
विप्लव नेतृत्वको नेकपा मकवानपुरले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुत्ला दहन गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १५ र मनहरी गाउँपालिका वडा नं. ३ मा विप्लव नेतृत्वको पार्टीले भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेको हो । भारतीय हस्तक्षपको विरुद्ध, नेपाली जमीन मिचेर भारतले सडक निर्माण गरेको भन्दै सो...
नेकपाको स्थायी कमिटी बैठक बुधबार बस्दै
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ । बैठक बुधबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बारीमा बस्ने भएको स्रोतले जनाएको छ । सरकारले नीति तथा कार्यक्रम ल्याउनुभन्दा २ दिनअघि नेकपाले स्थायी कमिटी बैठक बोलाएको हो । सरकारले आगामी जेठ २ गते...






