नेकपा स्थायी कमिटी बैठक फेरी स्थगित

तु खबर संवाददाता
२०७७ बैशाख ३१, बुधबार १०:२४
file-photo

काठमाडौं । नेकपा स्थायी कमिटी बैठक फेरि पनि स्थगित भएको छ । बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित भएको हो ।

भीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई नै कोरोना देखिएको र सांसदबाहेक अरु नेताको परीक्षण नगरिएको भन्दै बैठक स्थगित गरिएको नेकपा स्रोतले जनाएको छ ।

मंगलबार साँझ भक्तपुरमा फेला परेका २७ वर्षीय कोरोना संक्रमित पूर्वगृहमन्त्री भीम रावलको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी हुन् । उनको टेकु अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*