सातै प्रदेशमा सरुवा रोग अस्पताल निर्माण हुने
काठमाडौं । सरकारले सातै वटा प्रदेशमा सरुवा रोग अस्पताल निर्माण गर्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमबारे जानकारी दिँदै सबै प्रदेशमा सरुवा रोग अस्पताल निर्माण गर्ने जानकारी दिएकी हुन् ।
त्यस्तै उनले संघमा ३०० बेर्डको सरुवा रोग अस्पताल निर्माण गरिने पनि जानकारी दिइन् ।
स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको विश्वव्यापी महामारी मध्यनजर गर्दै संघ र प्रदेशमा सुविधा सम्पन्न सरुवा रोग अस्पताल बनाउने प्रस्ताव गरेको थियो।
हरेक प्रदेशमा जनस्वास्थ्य प्रयोगशालाको सम्पूर्ण संरचना निर्माण गरी आगामी आर्थिक वर्ष अन्त्यसम्ममा सञ्चालनमा ल्याउने प्रस्ताव गरेको थियो।
