राजनीति/ समाज
सुरक्षा परिषदमा समर्थन गर्ने निर्णयमा नेपाल–भारतबीच सहमति
काठमाडौं । सीमावर्ती भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीको स्वामित्वलाई लिएर नेपाल र भारतबीच विवाद भइरहेका बेला नेपालले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा भारतका पक्षमा मतदान गर्न निर्णय गरेको छ । दुई मुलुकबीच सीमा विवादका कारण संवादहीनताको अवस्था सिर्जना भइरहेका बेला नेपालले एसिया प्रशान्त क्षेत्रबाट उम्मेदवारी दिएको भारतका पक्षमा...
विरोध खतिवडाको यस्तो गज्जब भाषण !
मकवानपुर । प्रतिनिधि सभाका सांसद विरोध खतिवडाले मदनभण्डारी प्राविधिक विश्वविद्यालय निर्माण गर्ने विषयमा विधेयक संसोधन भएर आउँदा मकवानपुरको नाममै गायब भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । संसदमा जारी विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै उनले प्रस्तावनाको क्रममा उक्त विश्वविद्यालय मकवानपुरको चित्लाङमा गरिने भनिएको भएपनि विधेयक संसोधन भएर आउँदा मकवानपुरको नाम...
इँटाभट्टामा जिउँदै जलाएको आरोपमा थप एक जना पक्राउ
जनकपुरधाम । रौतहटको राजपुर फरहदवामा १२ वर्षअघि जिउँदै मानिस इँटाभट्टामा जलाइएको प्रकरणका आरोपमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका– ४ का ५५ बर्षीय मुक्ति साह रहेका छन् । साहलाई प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको टोलीले भारतको सीमावर्ती इलाका सिम्रौनगढ नगरपालिका– ८ बाट शनिबार राति...
जनता समाजवादी पार्टीमा तीन जना अध्यक्ष
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) मा पाँच पदाधिकारी रहने भएको छ । जसमा तीन जना अध्यक्ष र दुई जना पदाधिकारी रहने भएको हो । जसमा महन्थ ठाकुर, उपेन्द्र यादव र डा. बाबुराम भट्टराई अध्यक्ष रहने निर्णय भएको स्रोतले जानकारी दिए । यस्तै वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अशोक...
गगन थापाको प्रश्नः विद्युतीय सवारीको करबारे नेकपा बोल्नु पर्दैन ?(भिडियोसहित)
मकवानपुर । नेपाली काँग्रेस सांसद गगन थापाले आफ्नो सानो स्वार्थका लागि स्वच्छ इनर्जीमा हामीले चालेको पाइला रोक्ने अधिकार अर्थमन्त्रीलाई नभएको बताएका छन् । सांसद थापाले आइतबारको संसद बैठकमा विद्युतीय सवारीमा कर बढाउने निर्णय भारतले नाकाबन्दी लगाएको बेला अगाडि बढाएको राष्ट्रिय उर्जा नीति, प्रचण्ड प्रधानमन्त्री हुँदा स्वास्थ्य मन्त्रालयले अघि सारेको...
नेकपाले बोलायो सचिवालय बैठक
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भोलि सोमबार सचिवालय बैठक बोलाएको छ । बैठक भोलि ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको हो । उक्त बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल हुने बताइएको छ ।
कोरोना परीक्षणमा सरकारको नयाँ मोडालिटीः पीसीआर परीक्षण नगर्ने, आरडिटी मात्रै गर्ने
कोरोना भाइरस संक्रमितको संख्या दैनिक बढ्दै गएपछि सरकारले परीक्षणको मोडालिटी नै परिवर्तन गरेको छ । अब कोरोना लक्षण नदेखिएका सर्वसाधारणको पिसिआर विधिबाट परीक्षण गरिने छैन । तर, उच्च ओहोदाका व्यक्तिको भने जोखिम नभए पनि पिसिआर विधिबाट परीक्षण गरिँदै आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको ‘नेसनल टेस्टिङ गाइडलाइन फर कोभिड–१९’ जारी...
हेटौँडामा कोरोनाविरुद्धको औषधि निर्माण भएको विषयमा जानकारी लिन मन्त्री दुलालद्वारा डाक्टर दाससंग भेट
मकवानपुर । हेटौँडाको बन विज्ञान अध्ययन संस्थान फरेष्टीको प्रयोगशालामा निर्माण गरीएको भनिएको कोरोनाविरुद्धको औषधिको विषयमा बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी लिएका छन् । मन्त्री दुलालले उक्त औषधिको विषयमा बुझ्न फेरेष्टीका उप–प्राध्यापक डाक्टर ललितकुमार दाससंग भेट गरेका छन् । मन्त्री दुलाललाई आफुले निर्माण गरेको औषधि (खोप)को विषयमा जानकारी...
रुकुम घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन
काठमाडौं । संसदको शुक्रबार बसेको बैठकमा रुकुम घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले रुकुम घटनाबारे छानविन गर्न संसदीय विशेष समिति गठनको घोषणा गरेका हुन् । दलहरूसँग परामर्श गरेर समितिमा रहने सदस्यहरू तय गरिने सभामुख सापकोटाले बताएका छन् । यही जेठ १० गते पश्चिम...
प्रदेश २ मा राज्यमन्त्रीका स्वकीय सचिवमा संक्रमण पुष्टि
जनकपुरधाम । प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्रीको स्वकीय सचिवमा कोरोना पुष्टि भएको छ । प्रदेश २ का राज्यमन्त्री उषा यादवको स्वकीय सचिवमा कोरोना पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । उनका अनुसार, संक्रमित ती व्यक्तिलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको छ ।...










