राजनीति/ समाज

लकडाउनको मोडालिटी परिवर्तन– पुनः व्यवस्थित गर्ने निर्णय

काठमाडौं । सरकारले लडाउनको मोडालिटी परिवर्तन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो । एक मन्त्रीका अनुसार, बैठकबाट लकडाउन पुनःव्यवस्थित गर्ने निर्णय भएको छ । स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, उद्योग, ब्यापारमा खुकुलो गर्ने भनिएको छ । यसबारे आज बिहीबार सरकारले...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित

काठमाडौँ । बुधबार भएको प्रतिनिधिसभाको बैठकबाट आगामी आव २०७७–०७८ को विनियोजन विधेयक (बजेट) बहुमतले पारित भएको छ । सरकारको तर्फबाट अर्थमन्त्रीले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा पेस गरेको विनियोजन विधेयक (बजेट) प्रतिनिधिसभाबाट बहुमतले पारित भएको हो । प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक पारित गरियोस् भनेर प्रस्तुत...

नेपालमा कोरोनाको कारण १५ जनाको मृत्यु भएको होइन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट १५ जनाको मृत्यु नभएको बताएका छन् । बुधबार संसदमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कोरोनाका कारण उनीहरुको मृत्यु भएको बताएका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘सिकिस्त भएका बाच्ने स्थितिमा नरहेकामा कोरोना सरेकाले हो । पहिले नभेटिएको...

लकडाउन मोडालिटीबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज बुधबार मन्त्रिपरिषद् बैठक बस्दैछ । मन्त्रीपरिषद् बैठक आज दिउँसो २ बजे बस्ने भएको हो । उक्त बैठकमा लकडाउनको मोडालिटीलगायतका विषयमा छलफल हुनेछ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि नेपालभर लकडाउन जारी छ । लकडाउनले धेरैको जीविकोपार्जनमा समस्या भएपछि अब लकडाउनलाई...

रुपन्देही घटनाको तत्काल छानबिन गर्न सांसदको माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता छविलाल विश्वकर्माले रुपन्देहीमा सोमबार राति भएको घटनाबारे छानविन गर्न माग गरेका छन् । नेता विश्वकर्माले मंगलबार प्रतिनिधिसभामा बोल्दै रुपन्देहीमा भएको सामुहिक हत्याको घटना छानबिन गर्न गृहमन्त्री रामबहादुर थापा बादलको ध्यानाकर्षण गरेका हुन् । उनले भने, ‘यो हत्याको निष्पक्ष छानबिन होस् ।...

नेकपा बैठक स्थगित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न बोलाइएको नेकपा बैठक स्थगित भएको हो । प्रतिनिधिसभामा बजेट पारित गर्नुअघि मन्त्रीहरूले जवाफ दिने क्रम जारी रहेकाले बैठक स्थगित भएको नेकपा स्रोतले बतायो । आइतबार दुई अध्यक्ष...

लकडाउन खुकुलो बनाउने गृहकार्य अन्तिम चरणमा

काठमाडौँ । कोरोना संक्रमणको जोखिम बढ्न नदिने स्थितिलाई विस्तार गर्दै स्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाएर विस्तारै सहजीकरण गर्ने गृहकार्यको सरकार अन्तिम चरणमा पुगेको छ । त्यसका लागि १० चरणमा लकडाउनलाई खुकुलो बनाउन अघि सारिएको प्रस्तावमाथि अन्तिम गृहकार्य भइरहेको बताइएको छ । असार १ बाट लागू हुने गरी अघि सारिएको...

हेटौंडा १५ का ५५ चेपाङ तथा विपन्न परिवारलाई खाद्यान्न सहयोग

मकवानपुर । स्वास्थ्य क्षेत्रमा क्रियाशिल संस्था हिमाल मुटु नेपाल काठमाडौंले हेटौंडाका चेपाङ तथा विपन्न ५५ परिवारलाई खाद्यान्न सहयोग गरेको छ । मुटु नेपालले हेटौंडा–१५ का चेपाङ तथा विपन्न ५५ परिवारलाई साँढे १२ किलो चामल, तेल, दाल, नुन, हर्लिक्स, गेडागुडीलगायत ११ प्रकारका खाद्यान्न सामाग्रीहरु सहयोग गरेको हो । खाद्यान्न सामाग्री...

विदेशबाट नेपाली नागरिक ल्याउन १० दिन उडान खोल्ने तयारी

मकवानपुर । सरकारले विदेशबाट नागरिक ल्याउन १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी गरेको छ । सरकारले विभिन्न देशमा रहेका आफ्ना नागरिकलाई स्वदेश ल्याउनका लागि १० दिनका लागि अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी गरेको हो । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा अन्तर्राष्ट्रिय उडान खोल्नेबारे प्रस्ताव...

आज काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सोमबार बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने भएको छ । उक्त बैठकमा कोरोना भाइरस संक्रमणलगायतका विषयमा छलफल हुने स्रोतले जनायो । बैठकमा समसामयीक राजनीतिबारे पनि छलफल हुनसक्ने बताइएको छ ।