लकडाउनको मोडालिटी परिवर्तन– पुनः व्यवस्थित गर्ने निर्णय
काठमाडौं । सरकारले लडाउनको मोडालिटी परिवर्तन गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो ।
एक मन्त्रीका अनुसार, बैठकबाट लकडाउन पुनःव्यवस्थित गर्ने निर्णय भएको छ । स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, उद्योग, ब्यापारमा खुकुलो गर्ने भनिएको छ ।
यसबारे आज बिहीबार सरकारले विस्तृत जानकारी दिनेछ ।
यसैगरी निजी सवारीसाधन जोर–बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय भएको छ । जोर गते जोर नम्बरका निजी सवारी साधन सञ्चालन गर्न पाइने छ भने बिजोर गते बिजोर नम्बरका सवारी सञ्चालन गर्न पाइने छ । तर सार्वजनिक यातायात भने तत्काल नखोल्ने निर्णय भएको छ।
नेपालमा कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणको लागि सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन भएको थियो । नेपालमा पछिल्लो पटक थपिएको समय जेठ ३२ सम्म कायम छ ।
