रुपन्देही घटनाको तत्काल छानबिन गर्न सांसदको माग
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता छविलाल विश्वकर्माले रुपन्देहीमा सोमबार राति भएको घटनाबारे छानविन गर्न माग गरेका छन् ।
नेता विश्वकर्माले मंगलबार प्रतिनिधिसभामा बोल्दै रुपन्देहीमा भएको सामुहिक हत्याको घटना छानबिन गर्न गृहमन्त्री रामबहादुर थापा बादलको ध्यानाकर्षण गरेका हुन् ।
उनले भने, ‘यो हत्याको निष्पक्ष छानबिन होस् । अपराधीलाई हदैसम्मको दण्डित गर्ने व्यवस्था होस् । छानबिनको प्रक्रियालाई तत्काल तीब्रताका साथ अगाडि बढाउन माग गर्दछु ।’
रुपन्देहीको तिलोत्तमास्थित गंगादेवी पशु फार्ममा ५ जना श्रमिकको हत्या भएको थियो ।
उनले मृतकका परिवारलाई क्षतिपूर्ति दिन पनि माग गरेका छन् ।
रुपन्देहीमा भएको हत्याकाण्डमा संलग्नको अभियोगमा पक्राउ परेका झपेन्द्र सिंजालीले आफुले फरुवा प्रहार गरी उनीहरुको हत्या गरेको स्वीकारेका छन् ।
