आज काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सोमबार बस्दैछ ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने भएको छ ।
उक्त बैठकमा कोरोना भाइरस संक्रमणलगायतका विषयमा छलफल हुने स्रोतले जनायो ।
बैठकमा समसामयीक राजनीतिबारे पनि छलफल हुनसक्ने बताइएको छ ।
