लकडाउन मोडालिटीबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

तु खबर संवाददाता
२०७७ जेष्ठ २८, बुधबार ०७:५२
file photo

काठमाडौं । आज बुधबार मन्त्रिपरिषद् बैठक बस्दैछ ।

मन्त्रीपरिषद् बैठक आज दिउँसो २ बजे बस्ने भएको हो ।

उक्त बैठकमा लकडाउनको मोडालिटीलगायतका विषयमा छलफल हुनेछ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि नेपालभर लकडाउन जारी छ ।

लकडाउनले धेरैको जीविकोपार्जनमा समस्या भएपछि अब लकडाउनलाई क्रमशः खुकुलो बनाउने नीति सरकारले लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*