रुकुम घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन
काठमाडौं । संसदको शुक्रबार बसेको बैठकमा रुकुम घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले रुकुम घटनाबारे छानविन गर्न संसदीय विशेष समिति गठनको घोषणा गरेका हुन् ।
दलहरूसँग परामर्श गरेर समितिमा रहने सदस्यहरू तय गरिने सभामुख सापकोटाले बताएका छन् ।
यही जेठ १० गते पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोती गाउँकी आफ्नी प्रेमिकालाई लिन भनेर जाजरकोटबाट गएका नवराज विकसहित ६ जनाको ‘हत्या’ भएको थियो ।
