प्रदेश २ मा राज्यमन्त्रीका स्वकीय सचिवमा संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७७ जेष्ठ २२, बिहीबार १८:२६
file photo

जनकपुरधाम । प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्रीको स्वकीय सचिवमा कोरोना पुष्टि भएको छ ।

प्रदेश २ का राज्यमन्त्री उषा यादवको स्वकीय सचिवमा कोरोना पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

उनका अनुसार, संक्रमित ती व्यक्तिलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको छ ।

प्रदेश २ को प्रदेश सभाको बैठक सञ्चालनअघि प्रदेशका मन्त्री, सांसद, उनीहरुका स्वकीय सचिव, कर्मचारी र सुरक्षाकर्मी (प्रहरी) मर्यादापालकहरुको कोरोना परीक्षण गरिएको थियो ।

रिपोर्ट आएकामध्ये ५ जना सुरक्षाकर्मी र मन्त्रीका स्वकीय सचिवसहित ६ जनाको पोजेटिभ देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*