हेटौँडामा कोरोनाविरुद्धको औषधि निर्माण भएको विषयमा जानकारी लिन मन्त्री दुलालद्वारा डाक्टर दाससंग भेट

तु खबर संवाददाता
२०७७ जेष्ठ २३, शुक्रबार १८:२४

मकवानपुर । हेटौँडाको बन विज्ञान अध्ययन संस्थान फरेष्टीको प्रयोगशालामा निर्माण गरीएको भनिएको कोरोनाविरुद्धको औषधिको विषयमा बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी लिएका छन् ।

मन्त्री दुलालले उक्त औषधिको विषयमा बुझ्न फेरेष्टीका उप–प्राध्यापक डाक्टर ललितकुमार दाससंग भेट गरेका छन् ।

मन्त्री दुलाललाई आफुले निर्माण गरेको औषधि (खोप)को विषयमा जानकारी गराएको डाक्टर दासले बताएका छन् ।

सोहि अवसरमा मन्त्री दुलालले भिडियो कन्फरेन्सको माध्यमबाट विज्ञहरुसँग परामर्श समेत लिएका थिए ।

दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको खोप तथा त्यसको उपयोगिताका सम्बन्धमा विश्वस्वास्थ्य संगठनले हिजो विहिबार जानकारी लिएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*