भारतले अतिक्रमण गरेको भू–भाग समेटेर नेपालको नयाँ नक्सा तयार

तु खबर संवाददाता
२०७७ जेष्ठ ४, आईतवार १५:४८
file photo

काठमाडौं । सरकारले भारतले अतिक्रमण गरेको भू–भाग समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने भएको छ ।

भूमि व्यवस्थामन्त्री पदमा अर्यालले अबको मन्त्रिपरिषदमा नयाँ नक्सासहितको प्रस्ताव लैजाने तयारी गरेकी छन् ।

यसअघि भारतसँग वार्ताबाट सिमा विवादको समाधान हुने अपेक्षामा नक्सा जारी गर्न रोकिएको थियो । तर, भारतले लिपुलेकबाटै सडक खन्न थालेपछि नक्सा जारी गर्न नेपाललाई दबाब परेको मन्त्री अर्यालले बताइन् ।

सरकारको नीति तथा कार्यक्रममै लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नक्सा जारी गर्ने भनिएको छ ।

नेकपा सचिवालय बैठक तथा संसदीय समितिले पनि निर्देशन दिइसकेकोले नयाँ नक्सा प्रकाशन गर्न नापी विभागलाई मन्त्री अर्यालले निर्देश गरेकी हुन् ।

नापी विभागले तयार पारेको नक्सालाई मन्त्री अर्यालले मन्त्रिपरिषद बैठकमा लगेर छलफल गरेपछिमात्र त्यो पारित हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*