नेकपाको स्थायी कमिटी बैठक बुधबार बस्दै
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ ।
बैठक बुधबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बारीमा बस्ने भएको स्रोतले जनाएको छ ।
सरकारले नीति तथा कार्यक्रम ल्याउनुभन्दा २ दिनअघि नेकपाले स्थायी कमिटी बैठक बोलाएको हो ।
सरकारले आगामी जेठ २ गते संसदमा नीति तथा कार्यक्रम पेस गर्दैछ ।
यसअघि बैशाख २५ स्ने भनिएको उक्त बैठकम अन्तिममा आएर स्थगि भएको थियो ।
