मकवानपुरमा एमालेलाई बागी उम्मेदवारले तनाव

तु खबर संवाददाता
२०७९ बैशाख १८,आईतवार १३:४७

मकवानपुर । नेकपा एमाले मकवानपुरलाई बागी उम्मेदवारले तनाव सिर्जना गरेको छ । हेटौंडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिकामा एमालेका नेताहरु बागी उम्मेदवार बनेपछि समस्या सिर्जना भएको हो ।

एमालेबाट विशेष गरी हेटौंडा–५, ११ र १९ एवम् गढीमा बागी उम्मेदवार रहेका छन् । बागी उम्मेदवारले मत काट्ने भएपछि एमालेलाई टकाउको दुखाइ भएको हो । स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत हेटौंडा–५ को वडाध्यक्षमा उम्मेदवारी दिएका विशालराज महत, हेटौंडा–११ मा अक्कल बहादुर क्षेत्री, हेटौंडा–१९ मा रत्न बहादुर व्लोन र रमेश पौडेल र मकवानपुरगढीमा कृष्ण कँडेल रहेका छन् । उनीहरुलाई आजै एमाले मकवानपुरले पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ ।