एमालेका उप–महासचिव ज्ञवालीलाई कोरोना संक्रमण

तु खबर संवाददाता
२०७८ मंसिर २८,मंगलवार १७:०८
file-photo

काठमाडौं । नेकपा एमालेका उप–महासचिव तथा पूर्व–पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल मार्फत आज आफ्नो कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको जानकारी दिए ।

आफुलाई माइल्ड लक्षण देखिएको भन्दै उनले पछिल्लो समय आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई सचेत रहन समेत आग्रह गरेका छन् । उनले सम्पर्कमा आएकामध्ये कसैलाई कुनै लक्षण देखिएको भए परिक्षण गराउन पनि अनुरोध गरेका छन्।