यो बजेटले आर्थिक अस्थिरता ल्याउँछ– प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटले आर्थिक अस्थिरता पैदा हुने बताएका छन् । आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुँदै ज्ञवालीले अहिलेको बजेटले थप संकट निम्त्याउने बताए ।
उनले यो बजेट विश्वको अर्थतन्त्रमा जुन सक हुँदैछ, त्यसलाई अबजर्भ गर्न नसक्ने र थप संकटको पुनरुत्पादन गर्ने हिसाबले आएको बताए ।
अर्थमन्त्री जनार्दन शर्माले जमिन नटेकिकन बजेट ल्याएको भनेर उनले आलोचना गरे । ‘यसले उत्पादन वृद्धि गर्दैन, सरकारी कोषमा पैसा हुँदैन, वितरण गर्न पुग्दैन । व्यापार घाटा घटाउँदैन,’ उनले भने ।