मदन भण्डारी प्रतिष्ठान बागमतीको उपकुलपतिले लिए शपथ

मकवानपुर । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान बागमती प्रदेशको नवनियुक्त उपकुलपति डा. प्रदिप ज्ञवालीले शपथ लिएका छन् ।
डा. ज्ञवालीले शुक्रबार एक कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनलाई प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले शपथ ग्रहण गराएका हुन् ।
सो क्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री, मन्त्रीहरु, सचिवहरु लगायतको सहभागिता रहेको थियो ।
डा.ज्ञवालीलाई बुधबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको थियो । डा.ज्ञवाली एमालेका तर्फबाट उपकुलपतिमा नियुक्त भएका हुन् ।
यसअघि उक्त प्रतिष्ठानको उपकुलपतिमा डा. विश्वराज जोशी थिए । उनको पदावधि सकिएपछी लामो समयदेखि रिक्त रहेको सो पदनमा डा. ज्ञवालीलाई नियुक्त गरिएको हो ।
शपथ ग्रहण गरेसँगै उपकुलपति डा.ज्ञवालीले प्रतिष्ठानको रजिस्ट्रारमा भिमसागर गुरागाई र संयोजकमा चिरञ्जीवी चुडाँललाई नियुक्त गरेका थिए । साथै उनीहरुले शपथ पनि लिइसकेका छन् ।