राजनीति/ समाज
प्रधानमन्त्रीमाथि गम्भीर प्रश्नः नैतिकता खोइ ?
सत्तारुढ दलका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको नैतिकतामाथि प्रश्न उठाएका छन् । शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विवादित दुई अध्यादेश फिर्ता लिने निर्णय गरेपछि सांसद विष्णु रिजाल र रामकुमारी झाँक्रीले प्रधानमन्त्री ओलीमाथि प्रश्न उठाएका हुन् । यही बैशाख ८ गतेको मन्त्रिपरिषद्ले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश जारी...
विप्लव नेता हेटौँडाका नयनलाई प्रहरीले नछोड्ने, आज फेरी म्याद थपिँदै
रौतहट । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका बारा जिल्ला इन्चार्ज इन्द्र बहादुर परियार नयनलाई म्याद थप गर्ने तयारी भएको इलाका प्रहरी कार्यालय चपुरले बताएको छ । तु खबरसंग कुराकानी गर्दै प्रहरी निरीक्षक राजन थापाले म्याद थप गर्न परियारलाई जिल्ला प्रशासन कार्यालय रौतहट लैजान लागिएको जानकारी दिए । नयनलाई...
खनालले हिजो ल्याए, कोइराला भोलि काठमाडौँ जाने
मकवानपुर । बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले कारोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनमा काठमाडौँमा अलपत्र परेका मकवानपुरेहरुलाई हिजो बकैया ल्याएका छन् । यात्रुबाहक बस काठमाडौँ पठाएर खनालले अलपत्रहरुको उद्दार गरेका हुन् । खनालले ११ वटा यात्रुबाहक बसमा अलपत्र परेकाहरुलाई उद्दार गरि ल्याएका हुन् । त्यसैगरी, हेटौंडा...
यस्तो छ – विप्लव नेता हेटौंडाका नयन पक्राउको रामकहानी
बारा । विप्लवका जिल्ला इन्चार्ज इन्द्रबहादुर परियार नयन अहिले इलाका प्रहरी कार्यालय चपुरको हिरासतमा छन् । लकडाउन उलंघन गरी प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा नयनलाई अनुसन्धान गर्न म्याद लिई आफ्नो हिरासतमा राखिएको चपुर प्रहरीले बताएको छ । फागुनको २४ गते बाराको जितपुरबाट पक्राउ परेका नयन बैशाख ८ गते मात्र...
विप्लव नेता हेटौँडाका नयन अदालतको आदेशमा रिहा भएपनि, झुटो मुद्धा लगाएर फेरि पक्राउ
रौतहट । विप्लवका नेता इन्द्रबहादुर परियार नयनलाई प्रहरीले पुनः पक्राउ गरी अपहरणको शैलीमा रौतहट ल्याइपुर्याएको छ । बारा प्रहरीले अपराधिक उपद्रवमा मुद्धा पेश गरेपछि वैशाख ०८ गते जिल्ला अदालत बाराले ६० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेश अनुसार, सोही दिन रिहा हुनुपर्ने नयनलाई पुनः बारा...
समाजबादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता, हेर्नुहोस् सहमति पत्र
मकवानपुर ११ बैशाख । समाजबादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भएको छ । एकता पछि बनेको नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राख्ने सहमति भएको छ । हिजो बुधबार राती पार्टी एकता गर्ने सहमति भएको हो । हेर्नुहोस् सहमति पत्र
प्रधानमन्त्री ओलीको आदेशमा पूर्व स्वास्थ्य राज्यमन्त्री अपहरण गरिएको दाबी
काठमाडौँ १० बैशाख । समाजवादी पार्टीका सूचना तथा प्रचार विभाग उपप्रमुख विश्वदिप पाण्डेले पूर्व स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई अपहरण गरिएको दाबी गरेका छन् । पाण्डेले आज बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले यादवलाई अपहरण गरेको दाबी गरेका छन् । उनले...
प्रधानमन्त्री ओलीले अध्यादेश पास गरेकोमा ईन्द्र बानियाँको आपत्ति
मकवानपुर १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृत गरी पठाएको अध्यादेशको विरुद्धमा नेपाली काँग्रेस संसदीय दल बागमती प्रदेशले आपत्ती जनाएको छ । संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आज जारी गरेको विज्ञप्तीमा सरकारले ल्याएको अध्यादेश खारेज गर्न माग गरिएको छ । विज्ञप्तिमा नेपाली जनता कोरोनाको त्रासमा घरभित्र लकडाउनमा रहेको...
राष्ट्रपति विद्यादेवि भण्डारीद्वारा २ वटा अध्यादेश जारी (हेर्नुहोस् विज्ञप्ती)
काठमाडौँ ८ बैशाख । राष्ट्रपति विद्यादेवि भण्डारीले आज सोमबार २ वटा अध्यादेश जारी गरेकी छिन् । मन्त्रिपरिषद्ले सिफारिस गरेको राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ राष्ट्रपति भण्डारीले जारी गरेकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता...
थाहा नगरका वडा सचिवहरुलाई तुरुन्त हाजीर हुन निर्देशन
मकवानपुर, २६ चैत । मकवानपुरको थाहा नगरपालिकाले आफ्ना सबै वडा सचिवहरुलाई कार्यालयमा हाजीर हुन निर्देशन दिएको छ । विपद्को बेला कार्यालयमा उपस्थित नहुने वडा सचिवहरुलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सचिवालयले हाजीर हुन निर्देशन दिएको थाहा नगरपालिकाले जानकारी दिएको छ । कति वडा सचिवहरु कार्यालयमा आएका छैनन् त्यो भने...








