सीमानाका जेठ १८ गतेसम्म बन्द हुने

तु खबर संवाददाता
२०७७ बैशाख २४, बुधबार १४:४४
file-photo

काठमाडौँ । सरकारले  सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रीपरिषद् बैठकले भारतलगायत नेपालसँग जोडिएको विभिन्न देशका सीमानाका जेठ १८ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।

साथै बैठकले कोरोनाभाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले जारी गरेको लकडानको थप कडाई गर्ने पनि निर्णय गरेको छ ।

यस्तै सरकारले अन्तराष्ट्रिय र राष्ट्रिय हवाई उडानमा लगाएको प्रतिबन्धलाई बढाएर जेठ १८ सम्म पुर्‍याएको छ । यसअघि यो प्रतिबन्ध जेठ २ सम्म जारी गरिएको थियो ।

मन्त्रिपरिषद्ले लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय पनि गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*