काँग्रेस नेतृ डिनाले दिइन् जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई मास्क र सेनिटाइजर
मकवानपुर । नेपाली काँग्रेसकी केन्द्रिय सदस्य महालक्ष्मी उपाध्याय डिनाले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ७ सय २० थान मास्क र ११ लिटर सेनिटाइजर सहयोग उपलब्ध गराएकी छिन् ।
डिनाले आज मंगलवार उक्त मास्क र सेनिटाइजर मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई हस्तान्तरण गरेकी हुन् । मास्क र सेनिटाइजर सहयोग प्राप्त भएकोमा प्रजिअ नेपालले धन्यवाद व्यक्त गरे ।
हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेसका हेटौँडा नगर सभापति आनन्दराम पराजुली पनि सहभागि थिए ।
साथै उपाध्याय डिनाले आज नै प्रेस युनियन मकवानपुरलाई पनि एक सय थान मास्क हस्तान्तरण गरेकी छिन् ।
