लकडाउन जेठ २० सम्म लम्बियो

तु खबर संवाददाता
२०७७ जेष्ठ ४, आईतवार २१:०१

काठमाडौ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि जेठको २० गतेसम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

केही बेर अघि सम्पन्न मन्त्रीपरिषद बैठकले लकडाउन जेठ २० सम्म जारी राख्ने निर्णय गरेको हो ।

गत चैत ११ गतेदेखि सरकारले कोरोना नियन्त्रणका लागि नेपालमा लकडाउन गर्ने निर्णय गरेको थियो ।

कोरोनाका कारण नेपालमा हालसम्म २ जनाको मृत्यु भएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*