लिम्पियाधुरासहितको नक्सा जारी गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

तु खबर संवाददाता
२०७७ जेष्ठ २, शुक्रबार १८:३८
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गर्ने प्रतिबद्धता जनाएका छन् ।

शुक्रबार बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा उनले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी गर्ने प्रतिबद्धता जनाएका हुन् ।

बैठकमा भारतले नेपाली भूमिमा मनपरी गरिराख्‍ने तर नेपालचाहिँ चुप लागेर बसिराख्ने ? भन्दै नेताहरुले आपत्ति जनाएपछि प्रधानमन्त्रीले तत्कालै नक्सा जारी गर्ने प्रतिबद्धता जनाएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*