आज स्वाब दिएका सांसद बैठकमा जान नपाउने सम्भावना बढ्दो

तु खबर संवाददाता
२०७७ बैशाख २६, शुक्रबार १५:१६

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण परीक्षणका लागि शुक्रबार स्वाब संकलन गरिएका सांसद आज बस्ने संसद बैठक जान नपाउने सम्भावना बढेको छ ।

शुक्रबार ४ बजे हुने संसदको बैठकअघि नै उनीहरुको रिपोर्ट आउने सम्भावना कम रहेकोले बैठकमा जान नपाउने सम्भावना बढेको संसद सचिवालयले जनाएको छ ।

शुक्रबार प्रतिनिधिसभाका ५३ र राष्ट्रियसभाका १० जना सांसदले कोरोना परीक्षणका लागि स्वाब दिएका छन् । उनीहरुको बिहान पौने १२ बजेसम्म स्वाब संकलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।

उनीहरुको रिपोर्ट संसद बैठकअघि आउने वा नआउने टुंगो छैन ।
संसद सचिवालयका अनुसार बिहिबार स्वाब संकलन गरिएका ४४० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*