सीमा विवादः नेपालले राजदूत क्वात्रामार्फत वार्ता गर्न जानकारी पठायो

तु खबर संवाददाता
२०७७ बैशाख २९, सोमबार १७:१२
file-photo

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली भुमि मिचेर सडक बनाएको विषयमा भारतीय राजदूत विनय मोहन क्वात्रासँग छलफल गरेका छन् ।

मन्त्री ज्ञवालीले सोमबार राजदूत क्वात्रालाई मन्त्रालयमा बोलाएर छलफल गरेको नेपालस्थित भारतीय दूतावास स्रोतले जनाएको छ ।

भारतले के, कसरी र कुन आधारमा नेपाली भूमिमा सडक निर्माण गरेको हो भन्ने विषयमा स्पष्ट पार्न राजदुत क्वात्रासमार्फन भारतीय सरकारलाई जानकारी पठाइएको स्रोतले जनाएको छ ।

यस विषयमा नेपालले भारतसँग उच्चस्तरीय वार्ता गर्न चाहेको पनि जानकारी पठाएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*