राजनीति/ समाज

प्रधानमन्त्री अस्पताल भर्ना भएसँगै सुस्तायो राजनीतिक गतिविधि

मुलुककै कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएपछि सरकारी कामकारबाहीका साथै राजनीतिक गतिविधि सुस्ताएको छ। सिंगो देशको ध्यान प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केन्द्रित भएकाले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का नेताको भेटघाटसमेत सुस्ताएको छ। फागुन १८ पछि नेकपाको सचिवालय बैठकसमेत बसेको छैन। कार्यकारी अध्यक्ष...

राप्रपाका तीन अध्यक्षद्वारा पदभार ग्रहण

काठमाडौं, २९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीनै जना अध्यक्षले पदभार ग्रहण गर्नुभएको छ । उहाँहरुले राप्रपाको पार्टी कार्यालय चाबहिलमा अध्यक्षको पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहणगर्दै अध्यक्ष कमल थापाले राप्रपालाई काँग्रेस र कम्युनिष्ट सरह देशको प्रमुख राजनीतिक शक्तिका रुपमा स्थापित गर्ने लक्ष्यकासाथ पार्टी एक भएको...

विप्लव नेतृत्वको नेकपा मकवानपुरका दुई नेतालाई सफाइ

हेटौंडा, २८ फागुन । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित (नेकपा) मकवानपुरका दुई नेताले सफाइ पाउनु भएको छ । मनहरी गाउँपालिका ३ हाँडीखोलाका राजकुमार पाख्रिन र राक्सिराङ गाउँपालिका निवासी सूर्य अर्यालले बुधबार जिल्ला अदालत मकवानपुरबाट सफाइ पाउनु भएको हो । बुधबार जिल्ला न्यायाधीस सीता अधिकारीको एकल इजलासले पाख्रिन र...

पार्टी फुट्न नदिने कमल थापाको प्रतिबद्धता

काठमाडौं, २८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले हिन्दू धार्मिक ग्रन्थ गीता हातमा लिएर पार्टी नफुटाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बुधबार भएको राप्रपा र राप्रपा संयुक्तको एकता घोषणा कार्यक्रममा उहाँले ‘यो गीता हातमा राखेर कसम खान्छु राप्रपालाई फुट्न दिन्नँ’ भन्नुभयो । अध्यक्ष थापाले यसअघि...

पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट

काठमाडौं, २८ फागुन । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा प्रेसर कुकर बम विस्फोट भएको छ । बाँस्कोटाको मध्यपुर ठिमी नगरपालिका–१ मा रहेको निर्माणधिन घरमा बुधबार (आज) बिहानै प्रेसर कुकर बम विस्फोट भएको भक्तपुर प्रहरीले जनाएको छ । बम विस्फोटबाट मानबीय क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, विस्फोटबाट...

पार्टी एकीकरणपछि फुट्न नदिने कमल थापाको प्रतिबद्धता

काठमाडौं, २७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टी एकीकरणपछि पार्टी नफुट्ने वा फुट्न नदिने प्रतिबद्धता जनाउनुभएको छ । पार्टी एकताको पूर्वसन्ध्यामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको विशेष बैठकमा अध्यक्ष थापाले राप्रपा र राप्रपा सयुक्तसँगको एकीकरणपछि पार्टी नफुट्ने वा फुट्न नदिने बताउनुभएको भएको हो । पार्टी...

नेकपाको विवादले बैठक नै प्रभावित

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपण गरेर अस्पतालमा भर्ना भएसँगै पार्टीको बैठक पनि प्रभावित बनेको छ। उनी अस्पतालमा भर्ना भएपछि सचिवालय बैठक बस्न सकेको छैन। पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाउने सचिवालयको निर्णय अन्योलमा परेसँगै बैठक पनि प्रभावित बन्न पुगेको...

बागमती प्रदेशमा महिला मन्त्री नहुँदा सत्तापक्षमै असन्तुष्टि

हेटौंडा, २६ फागुन । बागमती प्रदेश सरकार गठन भएको २ वर्ष बिते पनि सरकारमा महिलाको उपस्थिति हुन सकेको छैन। बागमती प्रदेशसभामा रहेका १ सय १० प्रदेशसभा सदस्यमध्ये ३७ जना महिला सांसद हुनुहुन्छ । तीमध्ये २६ जना सत्तारुढ दल नेकपाका महिला प्रदेशसभा सदस्य हुनुहुन्छ । केशव स्थापित पदमुक्त भएपछि भौतिक...

परिवार दलका अध्यक्ष ढकाल र भाजपा महामन्त्री राम माधवबीच भेट

नयाँदिल्ली, २५ फागुन । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले भारतीय जनता पार्टीका राष्ट्रिय महामन्त्री राम माधवसँग भेट गर्नु भएको छ । दिल्लीस्थित नेता माधवको निवासमा भएको भेटमा नेपाल भारत सम्बन्धका विविध विषयय तथा क्षेत्रीय साझेदारीको बारेमा कुरा भएको परिवार दलका भारत प्रतिनिधि कृष्ण अधिकारीले जानकारी दिनु...

कांग्रेस र राप्रपा परित्याग गरी नेकपा मकवानपुरमा १ सय ५७ जना प्रवेश

हेटौंडा, २५ फागुन । बागमती प्रदेशको मुकाम हेटौंडास्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवाानपुरमा विभिन्न पार्टी परित्याग गरी १ सय ५७ जना प्रवेश गर्नु भएको छ । आज आइतबार पार्टी कार्यालयमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–१५ का १ सय ५७ जना नेकपामा प्रवेश गर्नु भएको हो । नेकपा प्रवेश गर्नेमा राप्रपाका...