राजनीति/ समाज

चिकित्सकलाई नर्भस बनाएको त्यो ३९ मिनेट

काठमाडौं, २२ फागुन । बुधबार बिहान १० बजे । त्रिवि शिक्षण अस्पतालका ट्रान्सप्लान्ट सर्जन प्राडा प्रेम ज्ञवाली प्रत्यारोपणमा संलग्न १६ जना चिकित्सक, नर्स र प्राविधिक जनशक्ति लिएर शल्यक्रिया कक्षमा प्रवेश गर्नु भयो । उहाँ परीक्षा दिन तयार विद्यार्थीझै सचेत अनि हल्का तनावमा देखिनुहुन्थ्यो । त्यो कक्षभित्र उहाँ पहिलो पटक...

हेटौंडामा आफ्ना कार्यकर्ताको नारा देखेर कांग्रेस लज्जित, प्रवक्ता शर्माले माग्नुभयो क्षमा

हेटौंडा, २१ फागुन । हेटौंडामा नेपाली कांग्रेसको भातृृ संगठन तरुण दल र नेवि संघले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको सफलताको कामनाको सट्टा गलत प्रवृति देखाएको भन्दै नेपाली कांग्रेस लज्जित हुनु परेको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले टवीट् गर्दै हेटौंडामा नेपाल विद्यार्थी संघ र नेपाल तरुण...

बलात्कार प्रयासको आरोपमा नेकपा प्रदेश सांसद पक्राउ

धनगढी, २१ फागुन । बलात्कार प्रयासको आरोपमा सुदूरपश्चिमका प्रदेश सांसद अक्कलबहादुर रावल पक्राउ पर्नु भएको छ । नेकपाका सुदूरपश्चिम प्रदेशसभाका सचेतक समेत रहेका रावल बुधबार जिल्ला प्रहरी कार्यालय कैलालीमा हाजिर भएर प्रहरीको नियन्त्रणमा हुनुहुन्छ । प्रहरीले बुधबार साँझ सेती प्रादेशिक अस्पतालमा सांसद रावलको स्वास्थ्य परीक्षण गरेर थप अनुसन्धानका लागि...

प्रधानमन्त्री ओलीको होस खुल्यो (विज्ञप्तिसहित)

काठमाडौं, २१ फागुन । मिर्गौला प्रत्यारोपणपछि अप्रेशन थिएटरबाट पोस्ट आपरेटिभ वार्डमा सारिएका प्रधानमन्त्री केपी शर्मा ओलीको होस खुलेको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार होस खुलेपछि प्रधानमन्त्री चल्मलाउन थाल्नु भएको छ । बुधबार बिहान साढे १० बजेदेखि सुरु भएको शल्यक्रिया दिउँसो ३ बजेसम्म चलेको थियो। मिर्गौला दाता भाञ्‍जी समीक्षा संग्रौला...

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल, आईसीयूमा सारियो

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले जानकारी दिनु भएको छ । मिर्गौला दाता ओलीको भाञ्जी समीक्षा संग्रौलाको शल्यक्रिया सकिए लगत्तै सफलतापूर्वक प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भएको डा. प्रेमराज ज्ञवालीले...

पौडेल पक्षले काँग्रेस प्रशिक्षण भेला बहिस्कार गर्ने

काठमाडौं, २१ फागुन । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नेपाली काँग्रेसले राखेको जिल्ला उपसभापति प्रशिक्षण भेला बहिस्कार गर्ने भएको छ । बुधबार काँग्रेस नेता तथा पूर्वमहामन्त्री प्रकाशमानसिंह निवास चाक्सीबारीमा भएको भेलाले प्रशिक्षण बहिस्कार गर्ने निर्णय गरेको हो । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जिल्ला उपसभापतिहरूका लागि प्रशिक्षण...

हिदम लामाले ‘माइकल’ र न्यौपानेलाई यस्तो प्रश्न गरेपछि…

हेटौंडा, २१ फागुन । मकवानपुरको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले मंगलबार साँझ हेटौंडामा नेपाली कांग्रेस मकवानपुरका भातृ संगठनहरुले गरेको गतिविधिलाई लक्षित गर्दै प्रश्न गर्नु भएको छ । नेपाली कांग्रेस मकवानपुरका पूर्वसभापतिहरु रामचन्द्र अर्याल ‘माइकल’ र रघुरमण न्यौपानेको नाम उल्लेख गरेर मंगलबार साँझ लामाले फेसबुकमार्फत प्रश्न गर्नु भएको हो ।...

राजीनामा दिएको २४ घण्टा नबित्दै खवितडा अर्थमन्त्रीमा पुनः नियुक्त

काठमाडौं, २१ फागुन । डा. युवराज खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त हुनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गर्नु भएको हो । खतिवडाले आजै अपरान्ह ४ बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथग्रहण गर्ने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । राष्ट्रियसभाको आफ्नो कार्यकाल...

हेटौंडामा तरुण दल र नेवि संघको राँके जुलुस (फोटोफिचर)

मकवानपुर २० फागुन । बागमती प्रदेशको राजधानी हेटौंडामा प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा नेवि संघ र तरुण दल मकवानपुरले राँके जुलुश गरेको छ । जुलुशमा सरकारको तीब्र आलोचना गर्दै अराजक नारा समेत लगाइएको छ । सरकारले पेट्रोल र पुस्तकमा जनताको ढाड सेक्ने गरी कर अशुली गरेको र भ्रष्टाचारमा मन्त्रीनै...

हेटौंडामा ओलीविरुद्ध अराजक नारा- (हेर्नुहोस् भिडियो)

मकवानपुर २० फागुन । उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध हेटौंडामा नेवि संघ र तरुण दलले लज्जास्पद नारा जुलुश गरेको छ । तरुण दल र नेवि संघले दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न अस्पताल भर्ना भएका केपी ओलीविरुद्ध ‘आर्यघाटले के भन्छ केपी ओली ले भन्छ ’ भन्दै नारा जुलुश गरेको...