सबै फूललाई फुल्ने र फक्रने वातावरण तयार गर्छौः प्रधानमन्त्री ओली

तु खबर संवाददाता
२०७६ चैत्र ८, शनिबार ०७:२७
file-photo

५५ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज एक सन्देश दिँदै उनले सबै प्रकारका विभेद विरुद्धको आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने ज्ञात, अज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, ‘नेपालको एकीकरणलगायत राजनीतिक परिवर्तनका लागि भएका हरेक प्रजातान्त्रिक आन्दोलनमा नेपाली दलितले निभाएको बलिदानीपूर्ण भूमिकाको उच्च प्रशंसा गर्न चाहन्छु ।’

‘जातीय एवं सांस्कृतिक विविधतायुक्त सयौँ थुुँगा फूलका एउटै मालाको प्रतिविम्बका रुपमा रहेको हाम्रो राष्ट्र नेपालमा सबै फूलहरुलाई फुल्ने र फक्रने वातावरण तयार गर्न वर्तमान सरकार सांस्कृतिक रुपान्तरणका माध्यमबाट मानव अधिकारको प्रवद्र्धन एवं संवद्र्धनका लागि दृढताका साथ अगाडि बढनेछ’, उनले सन्देशमा भनेका छन् ।

अन्धविश्वास र अचेतनाबाट लाभ उठाएर गरिने मानवताविरोधी क्रियाकलाप अन्त्य गर्न सामाजिक अभियान चलाउन आवश्यक रहेको प्रधानमन्त्रीले सन्देशमा उल्लेख गरेका छन् । आजको नेपाल समाचारपत्रमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*