राष्ट्रपति विद्यादेवि भण्डारीद्वारा २ वटा अध्यादेश जारी (हेर्नुहोस् विज्ञप्ती)
काठमाडौँ ८ बैशाख । राष्ट्रपति विद्यादेवि भण्डारीले आज सोमबार २ वटा अध्यादेश जारी गरेकी छिन् ।
मन्त्रिपरिषद्ले सिफारिस गरेको राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ राष्ट्रपति भण्डारीले जारी गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेको जनाएका छन् ।
राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा ४० प्रतिशत मत पुर्याएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।
हेर्नुहोस् विज्ञप्ती

