प्रधानमन्त्री ओलीले अध्यादेश पास गरेकोमा ईन्द्र बानियाँको आपत्ति
मकवानपुर १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृत गरी पठाएको अध्यादेशको विरुद्धमा नेपाली काँग्रेस संसदीय दल बागमती प्रदेशले आपत्ती जनाएको छ ।
संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आज जारी गरेको विज्ञप्तीमा सरकारले ल्याएको अध्यादेश खारेज गर्न माग गरिएको छ ।
विज्ञप्तिमा नेपाली जनता कोरोनाको त्रासमा घरभित्र लकडाउनमा रहेको अवस्थाको गलत फाइदा उठाउँदै नेपाल सरकारले हतारमा ल्याएको ‘संवैधानिक परिषद काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७’ र ‘राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेश, २०७७’ खारेज गर्न माग गरिएको छ ।
हेर्नुहोस् विज्ञप्ती

