नेकपा सचिवालय बैठक आज बस्दै
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक आज बुधबार बस्ने भएको छ । सचिवालय बैठक आज साँझ ५ बजेपछि प्रधानमन्त्रीको सरकारी निकास बालुवाटारमा बस्ने भएको हो ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपि शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच मंगलबार भएको वार्तापछि सचिवालयको बैठक बुधबार बस्ने तय भएको हो ।
यसअघि सोमबार कोटेश्वरमा माधवकुमार नेपालसहित ओली पक्षका नेताहरुबीच भएको दुईपक्षीय छलफलमा सचिवालयको बैठक मंगलबार बस्ने तय भएको थियो ।
बुधबारको सचिवालय बैठकमा समसामयिक राजनीति र स्थायी कमिटी बैठकको विषयमा छलफल हुने नेकपा सचिवालय जनाएको छ ।
