संसदको बजेट अधिवेशन बैशाख २६ गते बोलाउने सरकारको निर्णय
काठमाडौं । सरकारले संसदको बजेट अधिवेशन यही बैशाख २६ गते बोलाउने निर्णय गरेको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उक्त निर्णय गरेको हो । यसका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्ने व्यवस्था रहेको छ।
सरकारले जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । त्यसअघि नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेपर्ने हुन्छ ।
