रामचन्द्र पौडेललाई जापान सरकारको उच्च सम्मान

तु खबर संवाददाता
२०७७ बैशाख १८, बिहीबार १४:५९
file-photo

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले उच्च सम्मान गर्ने निर्णय गरेको छ ।

काठमाडौंस्थित जापानी राजदूतावासले एक प्रेस विज्ञप्ति जारी गर्दै पौडेललाई उच्च विभूषण ‘ग्रान्ड कोर्डन अफ दी अर्डर अफ दी राइजिङ सन’ प्रदान गर्ने निर्णय गरेको हो ।

जापानी सम्राटले सन् १८७५ मा स्थापना गरेको यो सम्मान जापान सरकारले विदेशी नागरिकलाई प्रदान गर्ने सर्वोच्च सम्मानमध्ये पर्दछ ।

दूतावासले नेपाल र जापानबीचको सम्बन्ध मजबुत बनाउन र विस्तार गर्न योगदान गरेकाले यो सम्मान दिइएको जनाएको छ ।

पूर्वसभामुख पौडेल सन् १९९९ मा स्थापित नेपाल–जापान संसदीय मैत्री संघका संस्थापक हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*