नेकपा सचिवालयको बैठक सर्यो
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकको समय सरेको छ ।
शनिबार (आज) ४ बजे बस्ने भनिएको बैठक डेढ घण्टा पर सरेर ५ बजेर ३० मिनेटका लागि बोलाइएको छ ।
आजको बैठकमा नेकपा विवादबारे छलफल गरिने बुझिएको छ ।
अहिले नेकपाभित्र शक्ति बाँडफाँडको विषय चरम उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सचिवालयमै अल्पमतमा परेका छन् ।
उनी बहुसंख्यक सदस्यहरु आफ्नो पक्षमा पार्ने प्रयासमा छन् ।
अघिल्लो बैठक प्रधानमन्त्री ओलीले नेकपाका बरिष्ठ नेता माधव नेपाललाई नेकपाको तेस्रो अध्यक्ष बनाउने र नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेका थिए ।
सोही विषयमा ठोस छलफल गर्न आज सचिवालय बैठक बस्न लागिएको नेकपा स्रोतले जनाएको छ ।
