श्रमिकलाई राहतको व्यवस्था गर्न सभापति देउवाको सरकारसँग माग
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले श्रमिकलाई राहत व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
सभापति देउवाले लकडाउनका कारण श्रमिकले कष्टकर स्थिति भोगिरहेकाले अभिलम्व राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।
सभापति देउवाले शुक्रबार १३१ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै लकडाउनका बेला श्रम गरेर गुजारा गर्ने श्रमिकहरुको जीवन कष्टकर हुन पुगेको बताएका हुन् ।
मे १ तारिखलाई सम्झिँदै श्रमिक वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिन भएको उनले बताए ।
कांग्रेस र मजदूरहरु सधैं एक अर्कामा आवद्ध भएर एक अर्काका अनन्य सहयोगी रहेको देउवाको भनाइ छ ।
