प्रधानमन्त्री ओलीको आदेशमा पूर्व स्वास्थ्य राज्यमन्त्री अपहरण गरिएको दाबी
काठमाडौँ १० बैशाख । समाजवादी पार्टीका सूचना तथा प्रचार विभाग उपप्रमुख विश्वदिप पाण्डेले पूर्व स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई अपहरण गरिएको दाबी गरेका छन् ।
पाण्डेले आज बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले यादवलाई अपहरण गरेको दाबी गरेका छन् ।
उनले लेखेका छन्, ‘आज वैशाख १० गते साँझ ५ बजे पूर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा। सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनकालागि काठमाडौंतिर लगेको छ । ’
